Close sidebar

चलचित्र “हामी तीन भाइ”को निर्माण घोषणा

चैत्र ३०, २०७७

चलचित्र हामी तीन भाइ को अनौपचारिक घोषणा गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी आदि अनुबन्धित भएका छन् भने अन्य कलाकारहरुको छनोट हुन बाकि रहेको छ। प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र हामी तीन भाइ लाई साजित महत ले निर्माण गर्ने भएका छन। चलचित्रमा द्वन्द हिमाल केसी , छायांकन नरेन्द्र कुमार सिंह , संगीत श्याम कृष्ण मानन्धर , लेखन मनिष गौतम र रिवाज दाहाल , स्वर रुपक डोटेल र नितु पौडेल रहेको छ। गीतकार उत्तम सेढाई, मुख्य सहायक निर्देशक बिनय पौडेल र राम्जी राउत को रहेको छ।

चलचित्रका कार्यकारी निर्मातामा बिक्रम तामाङ्ग रहेको छ भने यस चलचित्र पारिवारिक तथा प्रेम कथामा आधारित रहेर बन्ने छ। डेढ दशक अगाडी चलचित्र हामी तीन भाई को निर्माण भएको थियो, जसमा लेखन निर्देशन स्व शिव रेग्मी रहेको थियो। र अहिलेका यस निर्माण टीमले स्व निर्देशक रेग्मी लाई एकपटक सम्झना गरेका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया