Close sidebar

सकियो ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन

चैत्र १२, २०७७

चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्।

चलचित्रका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचरिङ गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । चलचित्रको आझै १० दिनको छायांकन बाँकी छ । काठमाडौं र पोखरामा चलचित्रको छायांकन गरेपछि काम सकिने निर्देशक झरना थापाले जानकारी गराइन् ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भुमिका छ । सञ्जय लामाले खिचेको चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । आउँदो भदौ १८ गते देखि प्रदर्शन हुने चलचित्रको कथा दिवागंत छेतन गुरुङ र निर्देशक थापाले लेखेका हुन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया