Close sidebar

एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनीक

अशोज ५, २०८३

प्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ को ट्रेलर आइतबार राजधानीमा आयोजीत कार्यक्रमका बीच सार्वजनीक गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्मको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम,आसक्ति,दाम्पत्य जीवनमा आउने उतावचढाव,बिश्वास,घात र मानवीय सम्बन्धका बान्कीहरु प्रस्तुत गरिएको छ । हाँस्दाहाँस्दै आँशु झार्ने अवस्था सृजना हुन पुग्ने ट्रेलरले पारिवारिक सम्बन्ध जगको कथा प्रस्तुत गरेको देखिन्छ । फिल्म असोज १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।

निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनात्मक फिल्म भएको बताएका छन् । दर्शकलाई साढे दुई घण्टा पूर्ण मनोरञ्जन दिने उद्धेश्यले फिल्म निर्माण गरिएको उल्लेख गर्दै उनले भावनात्मक रुपले पनि दर्शकको मन छुने बिश्वास ब्यक्त गरे ।

करिब १८ बर्षको अन्तरालपछि यही फिल्मबाट ठूलो पर्दामा पुनरागमन गरेका चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीले ‘चमेलीको पोइ’ बाट आफू निकै आशावादी भएको बताए । उनले अमेरिकामा आयोजीत बिशेष शोहरुबाट दर्शकको अपार माया र साथ पाएकाले आफू अझ उत्साहीत भएको सुनाए । ‘अमेरिकामा रहे पछि म नेपाली चलचित्रमा पुनरागमन गर्न चाहन्थें । बीचमा आफै फिल्म निर्माण गर्ने कोसिस पनि गरेको थिएँ । तर परिस्थितिले साथ दिएन,’ उनले भने,‘अहिले यो फिल्मबाट पुनः दर्शकमाझ आउदैछु । यो मेरो अहोभाग्य हो । म पहिलाजस्तै फिल्म अभिनयमा निरन्तर हुन चाहन्छु ।’ उनी दुई दशकअघिसम्म ‘प्रेमचरो’ को उपनामले फिल्म तथा सानो पर्दामा निकै चर्चित रहे । उनी एकाएक अमेरिका उडेपछि भने ठूलो पर्दाका फिल्म अभिनयमा बिराम लागेको थियो ।
अभिनेता मुकुनले ‘चमेलीको पोइ’ ले बेजोड हसाउनुका साथै केही ठाउँमा राम्रैसँग सिरियस बनाउने बताउदै यत्तिको कमेडी फिल्म आफूले यसअघि गर्न नपाएको खुलाए । उनले भरपुर मनोरञ्जनका लागि यो फिल्म नछुटाउन आग्रह गरे । अर्का अभिनेता विल्सन बिक्रम राईले फिल्म मनोरञ्जनले भरिपूर्ण भएको बताए । उनले हाँस्य अभिनेता नारायण त्रिपाठीसँग बच्चाबेलामा ‘साथी’ फिल्ममा ‘स्क्रिन शेयर’ गरेको स्मरण ताजा गरेका थिए । त्यसैगरी,यही फिल्मबाट ठूलो पर्दाको यात्रा सुरु गरेका उमेश राई ९फुलन्देकी आमा० ले आफू निकै आशावादी रहेको बताए ।
अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’ पछि दोश्रो सहकार्य गरेको उल्लेख गर्दै ‘चमेलीको पोइ’ आफूले खोज–चाहेको जस्तै कथा,परिबेश,पात्र र चरित्रमा अभिनय गर्न पाएकोमा कृतज्ञता ज्ञापन गरिन् । उनले मुकुन,नारायण त्रिपाठी जस्तो दिग्गज कलाकारसँग अभिनय गर्न पाएकोमा गौरवान्वित महसुस भएको सुनाउदै ‘चमेलीको पोइ’ हरेक कोणबाट उत्कृष्ट मनोरञ्जक फिल्म बनेको बताइन् ।
निर्माता रामनारायण उपाध्यायले आफूहरुले उत्कृष्ट फिल्म बनाउन कुनै कसर बाँकी नराखेको बताए । उनले दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्धेश्यले फिल्म बनाइएको र त्यसमा समाजीक सदभाव र पारिवारिक प्रेमको कथा समेत समाविष्ट भएको उल्लेख गरे ।
शेरबहादुर तामाङले खिचेको फिल्मको लेखनमा निर्देशन वोहरालाई शिवम अधिकारीले सघाएका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा, मुकुन, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम,उमेश राई (फुलन्देकी आमा),अंशु महर्जन, बाबिन राई, तारा शर्मा,खड्गबहादुर पुन (खबपु),रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी,श्रेया नारायण लगायतको अभिनय छ।
सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी,सुमीत्रा थापा र कपिल आचार्य छन्। धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर,नारायण त्रिपाठी,प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह-निर्माता रहेको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत,कविराज गहतराजको कोरियोग्राफी अनि कुमार महर्जनको द्वन्द्व निर्देशन छ। फिल्मलाई आरआर फिल्मस्ले देशब्यापी बितरण गर्दैछ ।
https://youtu.be/BMa9kQhvdqw?si=RZHQJOAV8_Y6spit

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया