Close sidebar

चलचित्र ‘जलाकी’को पहिलो झलक सार्वजनिक, मङ्सिर ४ बाट प्रदर्शन हुने

अशोज ३, २०८३

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’को ‘पहिलो झलक’ नाम दिँदै टिजर सार्वजनिक भएको छ ।

निर्माण टिमले युट्युबमार्फत सिनेमाको ‘पहिलो झलक’ नाम दिएर टिजर सार्वजनिक गरेको हो । सार्वजनिक पहिलो झलकमा सिनेमाका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बू लगायतका प्रस्तुत गरिएको छ ।

भिडियोमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन् । साथै उनको बाल्यकाल, कलेज यात्राको क्रममा सोनमसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई सरसर्ती प्रस्तुत गरिएको छ । भिडियोमा सुन्दर हिमालदेखि पहाड र हरियाली वनजंगल र नदीको संयोजन गरिएको छ । सिनेमाको सार्वजनिक पहिलो झलकले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ ।

सिनेमाको यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीत र पोस्टरले दर्शकमाझ राम्रो हाइप निर्माण गर्न सफल भएका थिए । त्यसले पनि निर्माया टिम जलाकीको पहिलो झलक टिजर सार्वजनिक गर्न उत्साहित देखिएको हो ।

सिनेमा आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुँदैछ । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।

सोनम र उपासनासहित सिनेमामा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

यसअघि निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो । सिनेमाको गीत ‘रुकुम मैकोट’ सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल्स र युट्युबमा व्यापक लोकप्रिय बनेको थियो । ‘खुस्मा’को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वस्त छन् ।

‘जलाकी’ गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

https://youtu.be/Q30pdJPSCp0?si=5T4dQ7FqJjIP4hxl

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया