Close sidebar

चलचित्र ‘कार्की साहिँला’को पहिलो झलकः जितु र प्रियाना फिचर्ड ‘लग्यौ परान’ सार्वजनिक

साउन १९, २०८३
असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’रिलिज भएको छ। मंगलबार निर्मण टिमले पत्रकार सम्मेलन गर्दै प्रचारप्रसार स्वरुप उक्त गीत रिलिज गरेको हो।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई अभिनय गराइएको छ। उनीहरुको कमेष्ट्री असाध्यै मिलेको छ। पत्रकारहरु उक्त गीतको भिडियो असाध्यै राम्रो बनेको कार्यक्रममा प्रतिक्रिया दिएका छन्। श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको यस गीतमा शब्द रचना विष्णु नेपाल नेपालीको रहेको छ। साथै गीतमा संगीत संकेत अगस्तीको छ। विशाल निरौलाको एरेन्ज रहेको यो गीतलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन्।
फिल्ममा जितु र प्रियानाका साथै शुशील पोखरेल,बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
डम्बर राईको कथामा निर्माण भएको यस फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन्। बाल कुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको यो फिल्मको कार्यकारी निर्मातामा भने अनन्त राई रहेका छन्।
डम्बर राईको डिओपी र नारायण गुरुङको छायाँकन रहने यस फिल्मलाई सन्देश शाहले सम्पादन गरेका छन्। सह–सम्पादनको जिम्मेवारी सन्दिप डाङ्गीले पाएका छन्।
यस फिल्मको मुख्य सहायक निर्देशकका रूपमा रोजल थापा,सहायक निर्देशकमा गीत बिष्ट र सजना थापा रहेका छन्। दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहने फिल्मका गीतहरूमा दिप्सन लिम्बु, श्रेय अगस्थी र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ।
सि.बि. भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबि केसीको शृङ्गार रहने यस चलचित्रको पोष्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया