Close sidebar

वरिष्ठ कलाकार निर शाहले चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने

साउन ३, २०८३

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै चलचित्रको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको पहिलो गीतमा निर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ।

चलचित्रको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन्।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन तयारी अन्तिम चरणमा पुगेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।

अनुभवी निर्देशक निर शाहले ‘प्रिन्स’मार्फत नयाँ कथावस्तु र फरक प्रस्तुतिसहित पुनः दर्शकमाझ आउने तयारी गरेका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया