Close sidebar

सिनेरोयलमा ‘लालीबजार’को ५१ दिने सफल यात्रा, केक काट्दै मनाइयो उत्सव

असार १३, २०८३

नेपालगन्ज – चलचित्र ‘लालीबजार’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको अवसरमा नेपालगन्ज स्थित सिनेरोयल सिनेमाघरमा विशेष कार्यक्रम आयोजना गरी सफलता उत्सव मनाइएको छ।

गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको षट्कोण आर्ट्सको ब्यानरमा निर्मित चलचित्र लालीबजारले नेपालका विभिन्न प्रमुख मल्टिप्लेक्स तथा सिंगल स्क्रिन गरि १२ ओटा पर्दामा ५१ औ दिन मनाएको हो। सोही सफल यात्राअन्तर्गत नेपालगन्जको सिनेमाघर सिनेरोयलमा पनि चलचित्रले ५१ दिन पूरा गरेको हो।

५१औँ दिनको अवसरमा चलचित्रको विशेष डिजाइन गरिएको केक काटेर सफलताको खुसी साटिएको थियो। कार्यक्रममा दर्शक तथा चलचित्रप्रेमीहरूले चलचित्रप्रति देखाएको माया र विश्वासप्रति सिनेमाघर सिनेरोयल परिवारले आभार व्यक्त गरेको थियो।

कार्यक्रममा आफ्नो धारणा राख्दै सिनेरोयल सिनेमाघरका सिइओ रितेश श्रेष्ठले “लालीबजार”लाई दर्शकले दिएको अपार साथ, विश्वास र मायाप्रति आभार व्यक्त गरे। उनले नेपाली चलचित्रप्रति दर्शकको बढ्दो विश्वास र सकारात्मक सोचले नेपाली चलचित्र उद्योगलाई थप ऊर्जा र हौसला मिलिरहेको उल्लेख गर्दै गुणस्तरीय नेपाली चलचित्र निर्माण भइरहेसम्म दर्शकको साथ निरन्तर रहने विश्वास व्यक्त गरे। साथै, यस्ता सफल चलचित्रहरूले नेपाली चलचित्र उद्योगलाई अझ सशक्त र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

षट्कोण आर्ट्सले यसअघि  ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ। यम थापाले निर्देशन गरेको चलचित्रमा  स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र वीरबल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।

 

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया