Close sidebar

चलचित्र ‘राम नाम सत्य’ निर्देशकको ‘हेराई’ घोषणा

जेष्ठ ३, २०८३

गतबर्ष रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘हेराई’ राखिएको छ ।

हाल यो फिल्मको धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको छायांकन केही महिनामा नै सुरु गर्ने तयारी माइकलको छ ।
यसपटक भने माइकलले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउने तयारी गरेका छन् । ‘राम नाम सत्य’ भने पूर्ण रुपमा एक्सन जनराको फिल्म थियो । जसले, नेपाली बक्स अफिसमा साढे ३ करोड हारहारीको ग्रस कलेक्शन गरेको थियो ।

‘हेराई’ फिल्मका लागि कलाकारहरु कोही पनि फाइनल भएका छैनन् । ‘एक हेराई अनेक वुझाई’ ट्याग लाइन दिइएको यो फिल्मलाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले निर्माण गर्ने पक्का भएको छ । फिल्मका सह–निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।

फिल्मबारे माइकल भन्छन्–‘यसपटक हामीले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउँदैछौं । यो फिल्मले मानिस अनुसार हेराई फरक फरक हुने कथा भन्छ ।’ फिल्मलाई यसैबर्ष रिलिज गर्ने योजना समेत रहेको माइकलको भनाई छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया