Close sidebar

प्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा, मुख्य भूमिकामा कबिर खड्का

जेष्ठ १, २०८३
प्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली सिनेमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकिय फिचर सिनेमा हुनेछ । आगामी साउन महिनामा यो सिनेमाको नेपालबाट छायांकन सुरु गरिनेछ ।
नेपालपछि सिनेमाको युरोप र अष्ट्रेलियामा समेत सिनेमाको छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ । यो सिनेमाको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भैरहेको निर्देशक पौडेलले बताए । दुवै जना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिमको छ । यो सिनेमाको निर्माण घोषणासँगै अभिनेत्रीको खोजी प्रक्रिया सुरु भएको हो ।

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्‌को ब्यानरमा निर्माण हुने सिनेमालाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । अभिनेता अभिनेता कबिर पनि यो सिनेमाका निर्माता हुन् । उनले एउटा सुन्दर लभस्टोरी सिनेमा दर्शकलाई पस्किने हेतुले सिनेमा निर्माणमा पाइला चालेको बताए । यो सिनेमाका सहनिर्माता करण खड्का हुन् ।

सिनेमामा शरद महतोको डिओपी, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बम बहादुर थापा छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया