Close sidebar

चन्द्र पन्तको ‘आ बाट आमा २’ बंगलामुखी मन्दिरमा शुभमुर्हूत

बैशाख २१, २०८३
पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’को शुभमुर्हूत गरिएकोछ। सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेकोे हो।
सोमबार पारेर निर्माण टिमले फिल्मको स्क्रिप्ट पुजाअर्चना गर्दै कामलाई अगाडी बढाएको हो। अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’कै सिक्वेल हो। यसै फिल्मका केहि कलाकारहरु भाग २ मा पनि निरन्तरता पाएका छन्। अघिल्ला फिल्मका कलाकार विपना थापा,पल शाह,प्रदीप रावत,गजित बिष्ट लगायतका कलाकारहरु दोहोरिएका छन्।
यस फिल्ममा पल शाह,विपना थापा,प्रदीप रावत,गजित बिष्टका अलवा यस फिल्ममा आकाश श्रेष्ठ,नरेन खड्का जोडिएका छन्। यस फिल्ममा अभिनेत्रीहरु भने छनोट हुन बाँकी रहेका छन्। साथै अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चन्द्र पन्तले बताए। उनका अनुसार केहि दिनमा नै यस फिल्मका सम्पुर्ण कलाकारहरु छनोट गरिसकिने छ।
निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए। अहिले यस फिल्मका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको जानकारी दिए। निर्माण टिमले एक महिनाअघिबाट नै यो चलचित्र आगामी दसैंमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो। निर्देशक पन्तले यो फिल्म दसैंमा नै हलमा लाग्ने जानकारी दिए। यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ। यस फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया