Close sidebar

नेपालगन्जमा ‘राम नाम सत्य’को शो थपियो

बैशाख २, २०८३

नेपालगन्ज,  गत बर्ष २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आएको चलचित्र “राम नाम सत्य” प्रति दर्शकको बढ्दो आकर्षणका कारण प्रदर्शन समय विस्तार गरिएको छ। दर्शकको उच्च मागलाई मध्यनजर गर्दै नेपालगन्जस्थित सिनेमाघर “सिनेरोयल”ले आज थप शो सञ्चालनमा ल्याएको हो।

सिनेमाघर सिनेरोयलले आज चलचित्र राम नाम सत्यलाई ६ शो उपलब्ध गराएको थियो। तर चलचित्रले आज पाएको शोहरुमा धमाधम दर्शक भरिन थालेपछि र दर्शक फर्किने अवस्था आएकाले हलले थप एकशो थपेको हो।

प्रदर्शनको सुरुवातसँगै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको उक्त चलचित्र हेर्न आउनेको संख्या बढ्दै गएपछि सिनेमाघर व्यवस्थापनले अतिरिक्त शो थपेको जनाएको छ।

सिनेमाघरका अनुसार आगामी दिनमा पनि दर्शकको उपस्थितिका आधारमा शो संख्या थप गर्ने योजना रहेको छ। राम नाम सत्य ले नेपालगन्जमा दर्शकको राम्रो साथ पाइरहेको हल संचालकको भनाई छ।

माइकल चन्दको लेखन तथा  निर्देशन,उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार भएको यो चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया