Close sidebar

सोलो रिलिज हुँदै ‘राम नाम सत्य’, दिव्या भन्छिन्–‘फिल्म गज्जब बनेको छ’

चैत्र १८, २०८२

चैत्रको २७ गते नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ चर्चामा छ । यो फिल्म चैत्र २७ गते सोलो रिलिज हुने पक्का भएको छ । यो मितिमा आउने भनिएका अन्य नेपाली फिल्म अब पोष्टपोन्ड भएपछि माइकल चन्द निर्देशित फिल्मले सोलो रिलिजको अवसर पाएको हो । फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ । यस्तै, फिल्मको टिजरले पनि दर्शकको साथ पाइरहेको छ ।

यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ । यसैबिच, नायिका दिव्या रायमाझीले फिल्म ‘राम नाम सत्य’लाई लिएर आफ्नो उत्साह व्यक्त गरेकी छिन् । दिव्या भन्छिन्–‘म फिल्मलाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले धेरै देखाउन पाएको छु ।’

फिल्ममा दिव्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् । दिव्या भन्छिन्–‘फिल्ममा एक्सन भरपुर छ । तर, यो एक्सन फिल्म मात्र होइन । यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट फिल्म बनेको छ ।’ दिव्याले फिल्म गज्जब बनेको बताउँदै भनिन्–‘मैले मेरो फिल्म भनेर भनेको होइन । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले यो फिल्म हेरेर भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने विश्वास छ ।’

यो फिल्ममा दिव्या सुशीलको जोडीको रुपमा छिन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् । माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया