Close sidebar

‘आई.एम. जीतबहादुर’ को टिजरले पाएको प्रतिक्रियाबाट उत्साहित जितु

चैत्र १५, २०८२
अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई.एम. जीतबहादुर’को टिजरले युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको चार दिनमै टिजरले झन्डै साढे ६ लाख भ्युज बटुल्न सफल भएको छ भने ६ हजारभन्दा बढी लाइक र करिब पाँच सय कमेन्ट प्राप्त गरेको छ।

दर्शकहरूको प्रतिक्रिया हेर्दा टिजरको प्रस्तुति र स्टाइललाई निकै फरक र आकर्षक भन्दै प्रशंसा गरिएको छ। अहिले चलचित्र ‘पाँच पाण्डव’को छायांकनमा व्यस्त रहेका जीतु नेपाल पनि टिजरले पाएको मायाबाट उत्साहित देखिएका छन्। उनले छिट्टै फिल्मको प्रदर्शन मिति घोषणा गरिने र क्रमशः अन्य प्रचार सामग्री सार्वजनिक गरिने जानकारी दिएका छन्।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्दछ। फिल्ममा जीतु नेपाल मुख्य भूमिकामा छन् भने उनको जोडीका रूपमा वर्षा राउत देखिएकी छन्।

यसैगरी, प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनालले पनि विशेष भूमिकामा अभिनय गरेका छन्।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्ममा निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माता रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले सह–निर्माण गरेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्म आगामी असारभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया