Close sidebar

यौनकर्मीप्रतिको दृष्टिकोण र वास्तविकताको खाडल पुर्न ‘लालिमा’को निर्माण

फाल्गुन १५, २०८२

२० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात चलचित्र ‘लालिमा’ बनेको निर्माण पक्षले दाबी गरेको छ ।

हात्तिसारमा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक रोसन मिराजले यौनकर्मीहरूको अवस्था गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि कलाकार लिएर चलचित्र बनाउने निर्णय लिएको बताए ।

उनले भने, ‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले पर्दामा देखिन चाहनुभएन । चलचित्र बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो ।’

यौनकर्मीप्रतिको दृष्टिकोण र उनीहरूको वास्तविकताको खाडल पुर्न ‘लालिमा’ निर्माण गरिएको उनले बताए ।

विगत लामो समयदेखि निर्माण पक्षले यौनकर्मीसँग जोडिएर गरेको काम गरिरहेका कारण आफू यस चलचित्रमा अनुबन्ध भएको नायिका उषा रजकले बताइन् ।

उनले भनिन्, ‘कसैको पीडालाई चलचित्र बनाउने अधिकार कसैलाई छैन जस्तो मलाई लाग्छ । तर, यो टिमले २० वर्षदेखि यौनकर्मीसँग जोडिएर काम गरेको छ । उनीहरुको पीडामा साथ दिएको छ । उहाँहरूसँग तीन हजार यौनकर्मीको जोडिएर काम गरेको अनुभव छ । सोहीकारण उहाँहरूलाई यौनकर्मीको पीडाको कथा भन्ने अधिकार छ जस्तो लाग्यो । त्यही भएर म यो चलचित्रको कलाकार बन्न तयार भएँ ।’

समस्या परेका यौनकर्मीको आवाज बनेर चलचित्रमा देखिन पाउने अवसर गुमाउन नचाहेका ‘लालिमा’मा काम गरेको शीर्ष नायिका रोश्नी कार्कीले बताइन् ।

उनले भनिन्, ‘समाजले यौनकर्मीहरूले मानवको दर्जासमेत दिएको छैन । यो चलचित्रको प्रस्ताव आएपछि मैले उहाँहरूबाट बुझेको प्रमुख कुरा यही हो । उहाँहरू यो कर्ममा आउनुको कारण डरलाग्दो छ । उहाँहरूको आवाज बन्न म यो चलचित्रमा जोडिएको हो ।’

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रमा रोश्नी र उषासहित नायक जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् ।

फागुन २९ बाट प्रदर्शनमा आउने यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले चलचित्रको वितरण गर्दै छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया