Close sidebar

चलचित्र ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

फाल्गुन ११, २०८२

तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको चलचित्रको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ ।

करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरु सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन् ।

समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ । कलाकार शिशिर वाङ्देल र सबिन कट्टेललाई पनि टिजरमा अटाएका छन् ।

यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो । टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा शहर बाहिर पुगेको देख्न सकिन्छ ।

यी दृश्यले उनको चरित्रको उत्तार–चढावमार्फत् तीन हजार यौनकर्मीको जीवन जटिलता चलचित्रमा देखाइएको संकेत गर्छ ।

फागुन २९ बाट प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’को लेखक र निर्देशक रोशन मिराज हुन् ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रकि कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले चलचित्रको वितरण जिम्मेवारी लिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया