Close sidebar

चलचित्र `चमेलीको पोइ´ अब कहिले आउँछ ?

फाल्गुन ७, २०८२
पूर्वघोषित मितिमा `चमेलीको पोइ´ प्रदर्शन नहुने भएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म रामनवमी अर्थात १३ चैत्रमा दर्शक माझ ल्याइने बताइएको भए तापनि देशको वर्तमान राजनैतिक स्थिती तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरि उक्त निर्णय गरिएको बिहीबार जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ ।
धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको ‘चमेलीको पोइ’को को नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने बताइएको छ । प्रेस रिलिजसंगै जारी निर्माता रामनारायण उपाध्यायको भिडियो सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्तै मिहिनेतका साथ समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा आभार ब्यक्त गरिएको छ । केही समय अघि सार्वजनीक फर्स्टलुक पोस्टरबाट चर्चा पाएको फिल्म प्रदर्शनका लागि आफुहरु शान्तिपूर्ण माहौलको पर्खाइमा रहेको समेत उल्लेख गरिएको छ ।
निर्देशक बोहराकै कथा,शिवम अधिकारीको पटकथा अनि शेरबहादुर तामाङको छायांकन रहेको फिल्मको निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय छ्न । उदयबिक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मातामा प्रदिपकुमार सापकोटा,यमप्रसाद ओली र सुदिप कुँवर छ्न ।
नारायण त्रिपाठी,सुरक्षा पन्त, मुकुन भुसाल,विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरीलगायतले अभिनय गरेको फिल्म आरआर फिल्मसले बितरण गर्नेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया