Close sidebar

‘कार्की साइँला’मा जितुको जोडी बन्दै प्रियना

फाल्गुन ६, २०८२

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ। निर्माण टिमले अभिनेत्रीको आचार्यलाई अनुबन्ध गरेको हो। उनी अनुबन्ध भएसँगै अब निर्माण फिल्मको छायांकनमा जुटेको छ। अब यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुनेछिन्।

नेपालको पुर्वी जिल्ला धनकुटामा फिल्मको सुटिङ हुने निर्माण पक्षले जनाएको छ। फिल्मका निर्देशक राजेन्द्र बस्नेतले भने,‘हाम्रो कथा अनुसार नै हामीले धनकुटाका विभिन्न स्थानमा नै सुटिङ गर्ने छौँ। कार्की साइँलाको कथाले मागे अनुसारकै प्रियनालाई फिल्मका लागि अनुबन्ध गरेका हौँ। थप जानकारी केहि दिनमा नै दिनेछौँ।’
यस फिल्ममा जितु नेपाल र प्रियाना आचार्यका अलवा सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतको अभिनय रहने छ।

कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस फिल्ममा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ। यस फिल्मको द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया