Close sidebar

नेपालगन्जमा प्रणय दिवसमा संगीत र प्रेमको मधुर संगम, ‘Valentine Groove 2026’ आयोजना हुदै

माघ २२, २०८२

नेपालगन्ज– प्रेमको पर्व प्रणय दिवसलाई विशेष बनाउँदै नेपालगन्ज मा भव्य सांगीतिक कार्यक्रम ‘Valentine Groove 2026’ आयोजना हुने भएको छ। फेब्रुअरी १४ गते साँझ ६ बजेदेखि नेपालगन्जको होटेल स्टारलाइट मा हुने यस कार्यक्रमले प्रेम, संगीत र अनुभूतिलाई एउटै मञ्चमा जोड्ने तयारी गरेको छ।

कार्यक्रममा लोकप्रिय ब्याण्ड सुसान्त रागा र चर्चित गायिका प्रजिना एन्ड द इन्डिगोले लाइभ प्रस्तुति दिनेछन्। युवापुस्तामाझ अत्यन्त रुचाइएका यी कलाकारहरूको संगीतले प्रेमका कथा, सम्बन्धका भाव र मनभित्र लुकेका अनुभूतिहरूलाई स्वर दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

विशेष कुरा के छ भने, रु. ९९९ को टिकटमा दर्शकका लागि एक गुलाब र चकलेट समेत समावेश गरिएको छ। संगीतसँगै प्रेमको प्रतीक उपहार पाउने यो अवसरले प्रणय दिवसलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार ‘Valentine Groove 2026’ केवल कन्सर्ट होइन, नेपालगन्जमा प्रेम मनाउने नयाँ संस्कृतिको सुरुवात हो जहाँ संगीतले भावना बोल्छ र सम्झनाहरू जिन्दगीभर साथ रहन्छन्।

प्रणय दिवसमा आफ्ना प्रियसँग अविस्मरणीय साँझ बिताउन चाहने नेपालगन्जवासीका लागि यो कार्यक्रम नछुटाउनै पर्ने उत्सव बन्ने देखिन्छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया