Close sidebar

पर्दामा आमा, हलमा आँसु—‘आ बाट आमा’ हेर्न नेपालगन्जमा दर्शकको मेला

माघ २२, २०८२

नेपालगन्ज — नेपाली चलचित्र ‘आ बाट आमा’ ले नेपालगन्जमा दर्शकको उल्लेखनीय साथ पाएको छ।  सिनेमाघर सिनेरोयल र क्युएफएक सिनेमाज बागेश्वरीमा मा हिजो बिहानै देखि दर्शकको भीड लाग्दा मेला लागेको जस्तै दृश्य देखिएको छ।

आमाको भावना, त्याग र मर्मस्पर्शी कथामा आधारित यो चलचित्र हेर्न बिहानदेखि नै दर्शकहरू लाइनमा उभिएका थिए। परिवारसहित चलचित्र हेर्न आउने दर्शकको संख्या बढेसँगै सिनेमाघर वरपर चहलपहल बढेको छ। आमाको नामबाट सुरु भएको यो कथाले दर्शकको मनमा गहिरो छाप छोड्दै नेपाली सिनेमामा एउटा भावनात्मक अध्याय थपेको छ।

दर्शकहरूले चलचित्र हेरेर फर्किदा गह भरी आँसु लिएर आमाप्रतिको सम्मान, सम्बन्धको गहिराइ र जीवनका यथार्थ पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्। भावनात्मक दृश्यमा धेरै दर्शक भावुक बनेको बताउँदै चलचित्रले मन छोएको उनीहरूको भनाइ छ।

दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ‘आ बाट आमा’ ले नेपालगन्जमा सफल प्रदर्शनको उदाहरणीय ब्यापारको संकेत समेत दिएको छ। चलचित्रले पाएको दर्शकको साथबाट आगामी दिनमा पनि चलचित्र प्रती  दर्शकको उत्साह अझै बढ्ने अपेक्षा गरिएको छ।

नेपालगन्जमा चलचित्र ‘आ बाट आमा’ लाई हिजो १७ शो प्राप्त भएको थियो। बिहानै देखि चलचित्र हेर्ने दर्शकको हलमा उल्लेखनीय उपस्तिथि हुनथालेपछि लगातार बिहान देखि नै शोहरु हाउसफुलको व्यापार गर्यो। हिजो दर्शक चाप बढेपछि आज सिनेमाघर सिनेरोयलले चलचित्रलाई आज यथावत १२ शो उपलब्ध गराएको छ भने क्युएफएक्स सिनेमाज बागेश्वरीले ७ शो उपलब्ध गराएको छ। आज दुबै सिनेमाघरमा गरि १९ शो मा चलचित्र प्रदर्शन भइरहेको छ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया