Close sidebar

‘श्री बुकुरो’ मर्मस्पर्शी गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक

माघ ११, २०८२

आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

सिनेमाको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीप भुपाल सिंहको छ । सार्वजनिक गीतमा निर्देशक सिंहको नै शब्द रचना तथा रञ्जित गजमेरको संगीत र शिव परियारको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार आर्शिवाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किने क्रमको यात्राका विभिन्न उतार चढावलाई प्रस्तुत गरिएको छ ।

सिनेमाको सार्वजनिक गीतले दर्शकलाई फरक स्वाद र विशुद्ध मनोरञ्जनात्मक पारिवारिक कथाको झल्को दिन्छ । यो सिनेमाबाट निर्देशक सुदीप भुपाल सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।

पछिल्लो समय सामाजिक पारिवारिक सिनेमाले दर्शकको मन जितिरहेको अवस्थामा ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास निर्देशक सिंहको छ । विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क सिनेमा ‘श्री बुकुरो’का यसअघि सार्वजनिक टिजर तथा पोस्टरले दर्शकको मन जितिसकेका छन् । यो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।

सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा सहायक निर्देशक रहेको सिनेमाको गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ ।

https://youtu.be/ePTM4fRNOeg?list=RDePTM4fRNOeg

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया