Close sidebar

सिनेमाघरमा फागुन २१ गते देखि चलचित्र ‘गोर्खे’

फाल्गुन ९, २०७७

नेपालगन्ज, फागुन २१ गते देखि प्रदर्शन हुने चलचित्र ‘गोर्खे’को ट्रेलर केही समय अगाडि सार्वजनिक भयो। सार्वजनिक ‘गोर्खे’को ट्रेलरलाई दर्शकबाट सकरात्मक् प्रतिकृया मिलेको छ । लामो समयदेखी बन्द रहेको सिनेमाघर खुला भएपनी दर्शक राम्रो चलचित्रको पर्खाईमा छन् ।एस अर्थामा पनि चलचित्रले राम्रो दर्शक पाउनेमा निर्माण टिम चलचित्रलाई लिएर निकैनै आशाबादी छ ।

ट्रेलर

सामाजिक कथामा आधारित ५ युवाहरुको कथा बाचन गर्ने चलचित्रमा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अस्मिता श्रेष्ठ, एन्जेल श्रेष्ठ, सरोज तामाङ, सुजन थापा मगर, बालदिप राईलगायत कलाकारहरुको अभिनय छ भने चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन् । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्मित चलचित्रमा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापाको निर्माण रहेको छ । सौरभ लामा र निरज कँडेलले छायांकन गरेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् भने चलचित्रलाई किम्मत गौतमले निर्देशन गरेको हुन् ।

चलचित्र ‘गोर्खे’को सिन्की अचार बोलको गीत दर्शकमाझ लोकप्रिय छ

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया