Close sidebar

चलचित्र ‘आ बाट आमा’को गीतमा नौ डाँडा काटेर जाने पिडाको वेदना

माघ २, २०८२

यहि माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को अर्को गीत रिलिज भएको छ। माघ १ अर्थात माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीत रिलिज गरेको हो।

गीतको भावले परदेशिन लागेको कुरालाई प्रस्टयाएको छ। गीतको भिडियोमा अभिनेता पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ। गीतको भाव अनुसार उनीहरुको अभिनय सुहाउदिलो देखिन्छ।
यो गीतलाई किरण परियारले गाएका छन् भने अभि सुनारले शब्द संगीत भरेका छन्। गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा,पल शाहका अलवा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यतिबेला यो फिल्मलाई व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह,विपना थापा सहित अन्य निर्माण टिम लागि परेका छन्।

चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनी स्वयले लेखेका हुन्। फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। गायनमा रबि ओड,किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको छ। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्।

यसअघि यो फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’यतिबेला चर्चामा छ। फिल्मको पोस्टरदेखि गीतलाई समेत दर्शकले अत्यधिक रुचाएका थिए। ‘लैजा खबर ए हावा’लाई नेपाली भर्सनमा रुचाएपछि निर्माण पक्षले नेवारी भर्सनमा समेत रिलिज गर्यो। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको नेवारी भर्सनमा ट्रान्सलेट गर्दै उनका छोरा यमन श्रेष्ठले नेवारी गीत गाएका हुन्।

यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया