Close sidebar

चलचित्र ‘किन लाग्छ माया’को गीतमा सञ्जित, मिस पबी, जाहान्वी, ऋचा र स्याडोको छमछमी

पुस २३, २०८२

फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । पोष्टरपछि यसको निर्माणपक्षले गीत रिलिज गरेको हो ।

कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ ।

पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को यो गीतमा स्वर छ । डाक्टर अशाबहादुर तामाङको शब्द रहेको यो गीतमा पुष्कर सुनुवारको संगीत छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । अडियो सुमधुर छ ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतमको साथमा नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य हेर्न सकिन्छ । गीतको भिडियोलाई कोरियोग्राफरले आकर्षक बनाएका छन् ।

फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय छ ।
सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । राजेन्द्र खड्गीको एक्सन निर्देशन रहेको फिल्ममा रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिष शाह र नविन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द छ ।
यो फिल्मले दाजुभाइको कथा भन्छ । फिल्मले दर्शकको मन जित्नेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया