Close sidebar

राजनीतिक विकृति र अन्यायविरुद्धको आवाज चलचित्र ‘बिगुल’ को ट्रेलर सार्वजनिक

पुस २१, २०८२

रमेश कोइरालाको निर्देशनमा तयार भएको चलचित्र ‘बिगुल’ को ट्रेलर सार्वजनिक भएको छ। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्रको ट्रेलरले सोहि भाव बोकेको छ। ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेत्री बेनीशा हमाल,अभिनेता नरेन खड्का,बिनोद न्यौपानेहरुले युवा पुस्ताको भावना सम्प्रेषित गरेको देखिन्छ ।

दिनेश कोइरालाको कथा र निर्माण,कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने,सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्माका साथमा रविन्द्र खड्का विशेष भूमिकामा रहेका छन् भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन । माघ ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा काग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया