Close sidebar

‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा रेकर्ड

पुस २०, २०८२

विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ।

रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा यो गीत रेकर्ड गरेका छन्। गीतलाई यमन श्रेष्ठले नेवारी भर्सनमा गाएका हुन्। बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाएको यो गीतलाई यमनले नेवारीमा गाउन पाउँदा एकदमै खुशी लागको बताए। ‘यो गीतलाई मैले युटुबमा सुनिरहेको थिए। अहिले निकै चर्चित पनि छ यो गीत,’उनले गीतको प्रशंसा गर्दै भने,‘यो आ बाट आमाको टिमले मलाई यो गीतलाई नेवारी भाषामा पनि गर्नुपर्यो भनेर अफर गर्नुभयो। यस गीतको नेवारी शब्द पनि आफै मिलाउनुहोस् भन्नु भयो। अनि मैले भन्दा पनि बुबा (मदनकृष्ण श्रेठ’लाई यो गीतको शब्दलाई ट्रान्सलेट गरिदिनुन भने। मेरो बुबाले नेवारी भाषामा बनाईदिनुभएको हो।’

स्टुडियोमा निकै खुशी देखिएका यमनले मेरो भन्दा बुबाको नेवारी भाषा राम्रो भएकाले बुबासँगको सहकार्यमा लेखेको सुनाए।
युटुबमा गीत हेरेर निकै भावुक बनेको र आफैले त्यो दृश्य मनन गरेर नेवारीमा गाउँदा भावुक बनेको बताए। उनी थप्छन्,‘फिल्ममा त एकदमै रोएको देखिन्छ। यहाँ गाउँदा बडो आफु पनि रोइएछ। नेपाली भाषामा यो गीतलाई गायक रवि ओडले गाएका छन्। आफ्नो सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको मनसँग फिल्मको कथा बुनिएको छ।

निर्देशक पन्तले फिल्ममा नेपालीका अलवा नेवारी भाषामा गीत रेकर्ड गराएको बताए। उनले प्रचारशैलीलाई अलिक फरक ढंगबाट प्रस्तुत गर्न लागेको र नेवारी गीत मन पराउने स्रोता तथा दर्शकलाई यो एउटा राम्रो माध्यम हुने विश्वास व्यक्त गरे। उनले अन्य भाषामा पनि यो गीत रेकर्ड गर्ने सरसल्लाह भइरहेको समेत सुनाए।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा फिल्म विपना थापा,पल शाहका अलवा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। यतिबेला यो फिल्मलाई व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह,विपना थापा सहित अन्य निर्माण टिम लागि परेका छन्।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया