बलिउड निर्देशक रोहित सेट्टी र अभिनेता रणबीर सिंह हाल धमाधम नयाँ फिल्ममा ‘सर्कस’को मुम्बईमा छायांकन गरिरहेका छन् । १९६० को सेटअपमा छायांकन भैरहेको कमेडी फिल्ममा अभिनेत्री दीपिका पादुकोणको प्रवेश भएको छ । रणबीरका अलवा ज्याकलीन फर्नान्डिस र पुजा हेग्डेको मुख्य भुमिका रहेको फिल्ममा दीपिकाको विशेष भुमिका रहनेछ । बलिउड मिडियाका अनुसार फिल्ममा दीपिकाले एक आइटम गीतसँगै केही सिनमा देखिनेछिन् ।
शुक्रबार, शनिबार र आतबार गरी तीन दिनसम्म दीपिकाले सर्कसको छायांकन गर्नेछिन् । मुम्बईमा यो फिल्मको छायांकन सकेपछि उनी शाहरुख खान र जोन अब्राहम अभिनित फिल्म पठानको छायांकनको लागी दुबई उड्नेछिन् । गुलजार निर्देशित ‘अंगूर’को रिमेकमा रणबीरले दोहोरो भूमिका निर्वाह गरेका छन् । गुलजार स्वयंले भने फिल्ममा सेक्सपियरको ‘कमेडी अफ एरर्स’बाट प्रभावित भएर बनाएका थिए । यस्तै, विवाहपछि रणबीर र दीपिकाले ‘सर्कस’मा दोस्रो पटक सहकार्य गर्दैछन् । यो जोडीले पहिलो पटक स्क्रिन सेयर गरेको प्रतिक्षित फिल्म ‘८३’ प्रदर्शनको तयारीमा छ ।