Close sidebar

चलचित्र ‘मन बिनाको धन’ ले मनायो सिनेरोयलमा ५१ औं दिन

पुस १२, २०८२

चलचित्र ‘मन बिनाको धन’ ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ। शनिबार नेपालगन्जस्थित लग्जरी मल्टिप्लेक्स सिने रोयल मा चलचित्रले ५१ दिनको सफल प्रदर्शन यात्रा पूरा गर्दै विशेष उपलब्धि हासिल गरेको हो।

कात्तिक २१ गते बाट प्रदर्शनमा आएको चलचित्रले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बलियो वर्ड अफ माउथ का कारण लामो समयसम्म हलमा आफ्नो उपस्थिति कायम राख्न सफल भएको निर्माण टिमको भनाइ छ। कथावस्तुको भावनात्मक गहिराइ, कलाकारको अभिनय र संगीत पक्षलाई दर्शकले विशेष रुचि दिएको प्रतिक्रिया आइरहेको छ।

५१ औं दिनको अवसरमा निर्माण टिमले चलचित्रलाई माया गर्ने दर्शक, हल सञ्चालक तथा सञ्चारमाध्यमप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि नेपाली मौलिक कथा र सामाजिक यथार्थमा आधारित चलचित्र निर्माण लाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ। यसै अवसरमा सिनेमाघर सिनेरोयल परिवारले चलचित्र हेरेका दर्शक,कर्मचारी र पत्रकार बिच केक काटेर ५१ औ दिन मनाएको हो।

सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘मन बिनाको धन’ ले प्रदर्शन अवधिभर विभिन्न उमेर समूहका दर्शकलाई हलसम्म आकर्षित गर्न सफल भएको बताइएको छ।

चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल र विजय डंगोल लगायत कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकी को निर्माण तथा निर्देशनमा बनेको ‘मन बिनाको धन’ को कथा स्वयं बुढाथोकीले लेखेका हुन्। चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारी ले तयार पारेका छन्। टंक बुढाथोकी प्रोडक्सन को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रका निर्माता विष्णुमाया मैनाली हुन् भने कार्यकारी निर्माता मिनु शर्मा (सपना) रहेकी छन्। जी.पी. संग्रोला, विवेक नेपाल र बिजया पाण्डे सह–निर्माताका रूपमा आबद्ध छन्। चलचित्रका क्रिएटिभ निर्देशक टिकाराम बुढाथोकी हुन्।

चलचित्रको छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, तथा सम्पादन मित्र डी. गुरुङ ले गरेका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया