Close sidebar

चलचित्र ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’ रिलिज,छमछमी नाचे सुशील र अञ्जना

पुस १०, २०८२

आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो।

ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकलयमा आधारित यस गीतको भिडियोमा लभस्टोरी बुनिएको छ।

निर्देशक विजय केरुङले फिल्मको गीतलाई दर्शकले मन पराउने बताए। उनले भने,‘फिल्मको कथा अनुसार कै गीतलाई रोजेका छौँ। गाउँघरको टिपिटकल शब्दलाईलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला।’

यस गीतको भिडियोमा उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाएका हुन्। भने शिव ढकालले खिचेका छन्। एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको यस गीतमा संगीत गायक योगी कै रहेको छ। गीतको शब्द रचना भने मौसम अर्यालले लेखेका हुन्।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने यो फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ।

यसअघिको फिल्मको टिजर तथा पोस्टरले दर्शकमाझ कौतुहलता बढाइसकेको यो फिल्मलाई वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया