Close sidebar

बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत ‘कर्नाली सलल’ सार्वजनिक

मंसिर २७, २०८२

बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छन् । उमेरमै माया–प्र्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण भनको आञ्चलिक लय हो ।

कर्णालीका स्थानीयले बोल्ने शब्द प्रयोग गरिएको र सोही क्षेत्रको टोन रहेको गीतले बोलचाल र हासखेल गर्नु नै राम्रो रहेको बताउँछ।

गीतमा हर्क साउदको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ। गीतको भिडियोका अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय छ । कृजन महतले भिडियो निर्देशन गरेका छन् ।

निकै सशक्त देखिएको भिडियोमा कलर ग्रेडिङ पनि राम्रो देखिएको छ । यो गीत झुमाले करिब दश वर्षदेखि गाउँदै आए पनि भिडियो भने अहिले निर्माण भएको हो। https://www.youtube.com/watch?v=QCTK9u9avC0

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया