Close sidebar

जर्सिङ पौवामा फिल्म ‘परिवर्तन’गीत खिचिदै,छमछमी नाच्दै छन्,सुशील श्रेष्ठ र अञ्जना बराईली

मंसिर २४, २०८२

आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’को धमाधम जर्सिङ पौवामा छायांकन भइरहेको छ। यसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत ´पाकेको चिउरी`को भिडियो सुटिङ भइरहेको हो।

यस फिल्मको गीतमा फिल्ममा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईली नाचिरहेका छन्। उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाई रहेका छन् भने क्यामेरामेन शिव ढकालले खिचिरहेका छन्। छायांकन भइरहेको गीतलाई मौसम अर्यालले लेखेका हुन् भने संगीत गायक यसडी योगीकै रहेको छ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ। एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्।

दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने यो फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया