Close sidebar

‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक्स सार्वजनिक, चैत २७ बाट प्रदर्शन हुने

मंसिर १६, २०८२

आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै-कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ। पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ।

पोस्टरमा केवल सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन।

फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ।

फिल्म राजु गिरी को निर्देशनमा तयार भएको हो। पटकथा र संवाद लक्ष्मण सुवेदी ले लेखेका छन्। उनले यसअघि आधा दर्जनभन्दा बढी फिल्म लेखन र निर्देशन गरिसकेका छन्।

फिल्ममा सागर लम्साल (बले) का अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी,माधबा खनाल,सुस्मा के सी नबराज गिरि लगायत कलाकारको अभिनय छ। निर्देशक राजु गिरी स्वयं ले पनि अभिनय गरेका छन्। बालकलाकारमा कंगना गिरी,रोनिश खड्का र काजल गिरी रहेका छन्।

मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायांकन श्याम तामाङ, निर्माण व्यवस्थापन सुमन काफ्ले, कथा उमेश कुमार बस्नेत, र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी रहेका छन्।

फिल्म उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुपले गर्नेछ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया