Close sidebar

आज जन्मदिन हुनेले निःशुल्क चलचित्र ‘मन बिनको धन’ हेर्ने पाउने

मंसिर ११, २०८२
देशैभरिका हलमा तेस्रो सातामा प्रदर्शन भईरहेको चलचित्र ‘मन बिनको धन’ को नया गीत सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’को ह्याप्पी बर्थडे गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा टंक बुढाथोकी ,मेलिना राई ,अन्नु चौधरी ,अशोक दर्जी र  एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द ,संगीत तथा एरेन्ज  टंक बुढाथोकी रहेको छ ।

‘मन बिनको धन’ टिमले ह्याप्पी बर्थडे गीत सार्वजनिकसगै आज जन्मदिन पर्ने दर्शकले निःशुल्क चलचित्र हेर्न पाउने भएका छन् ।चलचित्रका निर्माता तथा निर्देशन टंक बुढाथोकी आज जन्मदिन पर्ने दर्शकले हलमा गएर टिकट किनेर फिल्म हेरेर हामीलाई सम्पर्क गरेमा निर्माण टिमले टिकटको पैसा फिर्ता गर्ने बताएका छन्।

चलचित्र ‘मन बिनको धन’ आज २० औं  दिनमा प्रदर्शनमा भईरहदा तिन करोड ६० लाख बढीको कलेक्सन गरिसकेको छ ।चलचित्रलाई देशैभरि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।अहिले देशैभरिका स्कुलले आफ्ना विद्यार्थी चलचित्र देखन हल सम्म लागेका छन् ।चलचित्र मन बिनाको धनले गुरु शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्य बोध शिक्षाको महत्व जस्ता महत्वपूर्ण सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।

कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।यस अघिनै  निर्माण टिमले चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई  छुट दिने घोषणा समेत गरिसकेको छ।

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ,रवीन्द्र झा,पार्वती अधिकारी , एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।चलचित्रमा सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन रहेको छ ।

https://youtu.be/d-FAQzsKotw?si=jPblKROHlXd3ZCCK

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया