यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।
कार्कीका अनुसार ‘परान’ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अष्ट्रेलियन डलर कमाइ गरिसकेको छ । साथै ३० भन्दा बढी शोसहित अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार अस्ट्रेलियाको पहिलो चारदिनको बक्स अफिसको कलेक्सनका आधारमा ‘परान’ छैंठौं स्थानमा परेको छ । अस्ट्रेलियामा ‘परान’ बलिउड र हलिउड फिल्महरुका बिचमा प्रदर्शन भइरहेको छ । यसरी हेर्दा ‘परान’ले अस्ट्रेलियाको बक्स अफिसमा यो साता पार गर्दैगर्दा १ लाख अस्ट्रेलियन डलरको आम्दानी पार गर्ने आंकलन गरिएको छ ।
नेपालको बक्स अफिसमा फिल्मको कमाइ हालसम्म १४ करोड नाघेको छ । चौथो शनिबारसम्म फिल्मले बक्स अफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ। फिल्मले चौथो शनिबार पनि १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो। फिल्म कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। रिलिजअघि फिल्मलाई उच्च व्यापार गर्न सक्ने फिल्मका रूपमा हेरिएको थिएन।




