Close sidebar

‘मुगलान’मा समावेश गीत ‘पुन्टु पियारी’ रिलिज,छमछमी नाचे प्रभात र स्मारिका

मंसिर २, २०८२

रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ गीत रिलिज भएको छ। निर्माण टिमले सोमबार  फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो।

डान्सिङ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन्।  युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ।

गीतमा गायक हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारले गाएका छन्। गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन्। त्यसै गरि गीतको एरेन्ज,मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका छन् भने यो गीतको रेकर्डिङ राज खड्काले गरेका छन्।

यसअघि प्रचार प्रसार सामाग्रीका रुपमा निर्माण  टिमले ३९ सेकेण्डको टिजर सार्वजनिक गरेको थियो। उक्त टिनरमा यो फिल्मको कथालाई झल्काएर दर्शकमाझ कौतुहल्ता पैदा गराउन सफल भएको थियो। आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि बैदेशिक रोजगारका लाछि छिमेकी मुलुक भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई टिजरले भन्छ। जुन नेपाली समाजको यथार्त चित्रण हो।

फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता  गोमन सिंह रहेका छन्। यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया