Close sidebar

‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने

कार्तिक २९, २०८२

फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ले बोलको गीत शनिबार बिहान रिलिज हुने भएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा अभिनेत्री दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार देखिनेछन्। अधिकारी र लामाको फिल्ममा अतिथी भूमिका हो।

समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्। मौसम हिमालीको नृत्य निर्देशन रहेको फिल्मका छायांकार बुद्ध थापा हुन्।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो।

पुस ४ गते रिलिज मिति तोकिएको फिल्ममा बरिष्ठ कलाकारहरुको अभिनय रहेको छ। यहि फिल्मका लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपालमा सुटिङका लागि लामो समयपछि फर्किएका थिए। उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली लक्षणा राईलगायतको अभिनय रहेको छ। यहि फिल्ममा कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ।

निर्देशक घिमिरेको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मले सार्वजनिक गर्न लागेको पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युबबाट रिलिज हुनेछ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया