Close sidebar

`जारी २´ को ट्रेलर सार्वजनिक,कार्तिक २१ गते रिलिज हुने

कार्तिक १२, २०८२

कार्तिक २१ गते रिलिज हुने सिनेमा`जारी :२ सङ् अफ च्याब्रुङ´काे ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ । जारी :२ ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

दया र मिरुनाका अलावा विजय बरालको वैभाविक सेरोफेरोको कथाले पनि दर्शकलाई यो सिनेमा हेर्न प्रेरित गर्नेछ। ट्रेलरमा उनको पाटोले सिनेमामा डार्क ह्युमर देखिन्छ । तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ। यस हिसाबले यो फिल्म दर्शकका लागि सुरुचिपूर्ण हुने अनुमान गर्न सकिन्छ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।

फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष सर्बाधिक व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ।

‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो। सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ। फिल्मले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया