Close sidebar

‘मैझारो’को सेन्सर पास, पायो युनिभर्सल सर्टिफिकेट

कार्तिक ३, २०८२

कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को सेन्सर पास भएको छ। नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो।

फिल्मले युनिभर्सल सर्टिफिकेट पाएपछि अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन्। विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतारिएको छ। फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंको छ।

फिल्ममा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरूङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरूङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय रहनेछ। संगीत अनमोल गुरूङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने फिल्मका गीतमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङको छ।

केहि दिनअघि यो फिल्ममा समावेश गीत साकेला र यसअघि लभ सङ रिलिज गरिएको थियो। यो फिल्मको पोस्टर रिलिज देखि नै फिल्मले एक किसिमको दर्शमाझ हाइप लिएको थियो। साकेला गीत रिलिजपछि भने दर्शकमाझ उत्साह थपिएको देखिन्छ। ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन सौरभ लामाले गरेका छन्। डी.बी.राई र सरिना लामा राई निर्माता रहेको यो फिल्मको प्रचारप्रसार व्यापक भइरहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया