Close sidebar

क्यूएफएक्सले शो नदिने भनेपछि ‘अभिमन्यु’लाई बिश्वास गर्न निर्माता पौडेलको आग्रह

अशोज २, २०८२

चलचित्र ‘अभिमन्यु’लाई क्यूएफएक्सले दशैंमा शो नदिने निर्माता विनोद पौडेलले बताएका छन्न। गत भदौ २७ मा रिलिज हुने भनिएको यो चलचित्र जेनजीको आन्दोलनका कारण दशैंको फूलपातीमा प्रदर्शनमा आउने निर्णय गरेको थियो। तर, देशकै ठूलो सिनेमा घरको चेन क्यूएफएक्सले अरू ठूला तीनवटा चलचित्र रहेको भन्दै अर्को मितिमा आउन भनेको पौडेलले बताए।

कमिङ सुनमा पनि लिस्टिङ नगर्दै “फूलपातीमा तीनवटा ठूलो सिनेमा छ, तपाईंको चलचित्रलाई शो दिन सकिँदैन अर्कै डेटमा लगाउनुस् भनी हामीलाई हेपेको निर्माता पौडेलले बताए। तर, सबै हलले पनि यसो नभनेको पनि उनले बताए। निर्माता पौडेलले चलचित्र ‘अभिमन्यु’लाई बिश्वास गर्न समेत आग्रह गरेका छन्।

फूतपातीमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउने नेपाली चलचित्र मात्र नभई कान्तारा पनि दशैंमै आउने भएपछि क्यूएफएक्सले ‘अभिमन्यु’लाई अर्को डेटमा आउन भनेको हो।

यता निर्माता पौडेल भने भदौ २७ गते नै रिलिज हुने भनेर सम्पुर्ण प्रचार प्रसार भइसकेकाले पनि दर्शकलाई लामो समय होल्ड गर्न नसकिने बताए। विदेशमा पनि शो लिइसकेकाले धेरै पर जान नसकेको उनले प्रष्ट पारे ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’ को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ । हिन्दी भाषामा भने असोज १७ गतेदेखि भारतमा तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया