Close sidebar

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक

भदौ १८, २०८२

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक भएको छ। आशिस अविरल र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको हो। गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको संगीत रहेको छ। लोक फ्लेबरलाई फिल्मी स्टाइलमा तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ। किरण थापाको कोरियोग्राफीमा तयार भएको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेको छन्।

कृष्ण बहादुर थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पदान गरेका छन्। सार्वजनिक गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन्। ३ लाख ३० हजार बढी दर्शकले हेरेको गीतका ७ सय बढी प्रतिक्रिया अधिकांश सकारात्मक रहेका छन्। यस अगाडी सार्वजनिक ‘बेला बितेसी’ बोलको गीत युट्युवमा २० लाख बढी पटक हेरिएको छ भने २ लाख बढी टिकटक बनेको छ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया