Close sidebar

‘प्रेम गीता’को टिजरमा लभ स्टोरी,बिछोड र एक्सन

भदौ १८, २०८२

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’को टिजर रिलिज भएको छ। निर्माण पक्षले फिल्मको १ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो। टिजरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेत,साजिद खान,सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ। साथै टिजरमार्फत यो फिल्म लभ स्टोरी,बिछोड र एक्सन पाउन सकिन्छ।

समसायिक कथामा आधारित फिल्मको टिजरले केहि कथा रहस्य रहेको खुलाउन खोजेको छ। यो फिल्ममा प्रेमपछिको विछोडको कुरालाई उठाउन खोजेको हो की भन्ने बुझ्न सकिन्छ।

ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ।

साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन्। विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । निर्देशक बस्नेतले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् भने सिनेमा माघ २३ गते बाट प्रदर्शनमा आउँदै छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया