Close sidebar

झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स बिक्री

साउन ३१, २०८२

प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स बिक्री भएको छ । झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् ।

अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हो । शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन् । व्यवसायिक सफलताको साथसाथै, उनी नेपाली कला, संगीत, चलचित्र र खेलकुद क्षेत्रलाई पनि उत्तिकै माया गर्ने व्यक्ति हुन् ।

कार्कीले जानकारी दिए अनुसार उक्त चलचित्र नेपालसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा रिलिज गरिनेछ । “यो चलचित्र अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ । ” कार्कीले बताए ।

९ वर्ष पछि पुनरागमन गरेका गणेश उप्रेतीको मुख्य भूमिका रहेको झरी पछिको इन्द्रेणीमा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा बालेन शाहको र्याप रहने चर्चाका कारण प्रतिक्षित बनेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया