Close sidebar

रक्षा बन्धनमा ‘पार्वती’का दुई पोस्टर सार्वजनिक, माघ १ गतेबाट प्रदर्शन हुने

साउन २५, २०८२

रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति घोषणा सहित २ पोस्टर सार्वजनिक भएका हुन्। निर्माणपक्षले यो फिल्मको प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकेको छ।

सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि,सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्। यसले उनको जीवनमा हुने चुनौती, सोचमग्न स्वभाव र भित्रै लुकेको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले  पोशाकमै हल्का मुस्कान र लजालु अदा सहित प्रस्तुत भएकी छन्, जसले उनको निराशता, बालपनको रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोणको संकेत गर्छ।

फिल्मको कथा निता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। भने निर्माण टिममा साबित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना छन्। निर्माण पक्षका अनुसार,‘पार्वती’ हास्य,भावना र सामाजिक सन्देश मिसिएको कथा हो,जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ।

असोजबाट छायांकनमा निस्किने यो फिल्मको कथाकार तथा प्राविधिक को–को रहने छन् भन्ने बारेमा निर्माण पक्षले खुलाएका छैनन्। निर्देशक अधिकारीका अनुसार केहि दिनमा कलाकार तथा थप प्राविधिकहरुको जानकारी दिइने छ। उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ भने उपत्यका बाहिर एफडी कम्पनी रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया