Close sidebar

चलचित्र ‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

साउन १७, २०८२

साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।
थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु कर्णप्रिय छन् । यो गीतले फिल्मका पात्रहरुको वियोगान्त कथा बोलेको छ ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्ममा बाल–कलाकारको रुपमा सारा शर्माले अभिनय गरेकी छिन् ।
दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स छ ।

कुमार महर्जनको एक्सन रहेको फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशन रहेको फिल्मको ट्रेलर र २ गीतले दर्शकको ध्यान खिचिसकेको छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया