Close sidebar

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक

साउन १७, २०८२

यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले चलचित्रमा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ। यहि पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्।

चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया