Close sidebar

पुजन काफ्लेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

साउन १३, २०८२

पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत संयोजन छ ।

गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।

केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया