Close sidebar

चलचित्र सुम्निमा’मा अनुप विक्रम शाही, मिलन चाम्ससँग पुनः सहकार्य

साउन ८, २०८२

सुम्निमा’मा अनुप विक्रम शाही, मिलन चाम्ससँग पुनः सहकार्य

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्।

यो चलचित्र मार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन्। ‘लिली बिली’ पछि सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो।

अनुप विक्रम शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नभोगेको नयाँ खालको चरित्र निर्वाह गर्नेछन्, जसका लागि उनी हाल तयारीमा जुटेका छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो चलचित्रको नाम सुन्दा नारीप्रधान लागे पनि फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिए।

चलचित्रमा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन पहिले नै अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टोलीको चयनको काम अझै जारी रहेको चाम्सले बताए।

राजीव थापाको लेखनमा बन्ने यो चलचित्रको छायांकन आउँदो अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ।

यस्तै, चाम्स निर्देशित बायोपिक चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गर्दै नेपाली बायोपिक विधामा सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको कीर्तिमान राखेको छ। ‘सुम्निमा’ लाई पनि अन्तर्राष्ट्रिय बजारलाई लक्ष्य गरेर तयार पारिने निर्देशक चाम्सको भनाइ छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया